हेटौंडा । करिव तीन बर्षपछि स्वदेश फर्कने तयारीमा रहेका गोर्खाका बिनोद श्रेष्ठ अहिले कतारमै रोकिएका छन् । उनी रोजगारीका लागि कतार पुगेको लामो समय भईसक्दा पनि स्वदेश फर्कने मेलोमेसो मिलेन्, रोजगारीमा गएको दोश्रो बर्ष घर बिदामा आउने तयारी गरेका उनी कोरोना कहरका कारण रोकिएका थिए भने यसपालि पनि जसोतसो कम्पनीबाट बिदा मिलाएर आउने तयारी गरेका श्रेष्ठ उतै रोकिएका छन् । घर बिदामा आउनका लागि किनमेल र प्याकिङ सबै भ्याएर तयारी गरेका उनी पिसिआर रिपोर्ट पोजेटिभ आएपछि कतारमै रोकिएका हुन् । डिसेम्बर ३ तारिक स्वदेश फर्कन टिकट काटेका श्रेष्ठले ३७ दिनको बिदा र हवाई टिकट समेत क्यान्सिल गर्न प¥यो । उनी अहिले क्वारेन्टाइनमा छन् ।

त्यस्तै गोर्खाकै सन्तोष श्रेष्ठ पनि घर आउने तयारीमा थिए । उनको बिदा पनि मिलि सकेको थियो । उनी पनि कोरोना पोजेटिभ भएपछि अहिले कतारमै रोकिएका छन् । घर परिवार संग भेट्ने इच्छा कोरोनाले रोकेको छ । उनीहरु जस्तै अहिले धेरै श्रमिकहरु कोरोना बढेपछि धमाधम पोजेटिभ देखिएकाले उतै रोकिन बाध्य भएका हुन् ।

दैनिक ३ हजार संक्रमित
कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६ हजार २३८ जनाको कोरोना परिक्षण गर्दा ३ हजार ४८७ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये २ हजार ७९४ कतारमै रहेका र ६९३ जना अन्य देशबाट आएका यात्रुहरु रहेको तथ्याङक छ ।
कतारमा कोरोना संक्रमित मध्ये ५३२ जनालाई अस्पतालमा राखेर उपचार भईरहेको छ भने पछिल्लो २४ घण्टामा ५३ जना अस्पताल भर्ना भएका छन । त्यस्तै आइसियूमा राखेर ४८ जनाको उपचार भईरहेको मध्ये पछिल्लो २४ घण्टामा ७ जना थपिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।

हाल सम्म कतारमा ३२ लाख २३ हजार ८७७ जनाको कोरोना परिक्षण गर्दा २ लाख ६६ हजार ९६२ जनामा कोरोना संक्रमण फेला परेको थियो । यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हाल सम्म २ लाख ४७ हजार ५५३ जना निको भएर घर फर्किएका छन् भने पछिल्लो २४ घण्टामा ४११ जना निको भएका थिए । १८ हजार ७९१ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा कोरोना भाइरस संक्रमणका कारण ६१८ जनाले ज्यान गुमाईसकेका छन् ।

त्यस्तै हाल सम्म ५२ लाख ७५ हजार ६५९ डोज खोप कतारमा लगाईएको कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारले ३ लाख ३१ हजार ४३७ बुस्टर डोज लगाएको छ, यो संगै कतारमा रहेका जम्मा जनसंख्या मध्ये ८६ दशमलव ४ प्रतिशतले दुई डोज खोप लगाइएका छन् । कतारले पछिल्लो २४ घण्टामा ७ हजार १०९ जनालाई खोप लगाएको तथ्याङ्क छ । कतारले फाइजर, बायोटेक र मोर्डना खोप लगाएको हो ।
कतार सरकारले कोभिड–१९ बाट बच्नका लागि सामाजिक दुरी कायम गर्न, अनिवार्य रुपमा माक्स प्रयोग गर्न तथा मोवाइल एप एथेराज पनि अनिवार्य गरेको छ । पछिल्लो समय कतारमा कोरोना संक्रमितको संख्या भने बढ्दैै गएको तथ्याङक छ ।

संक्रमित मध्ये अधिकांश आप्रवासी नागरिकहरु रहेका छन् भने उनीहरुको राष्ट्रियता खुलाइएको छैन । कतारमा हाल करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेको नेपाली राजदूतावास दोहा कतारको तथ्याङक छ ।

कोरोना बढेपछि थप प्रतिबन्ध
कतारमा कोरोनाभाइरसको तेस्रो लहर सुरु भए संगै स्वास्थ्य मन्त्रालयले विभिन्न क्षेत्रमा पुन प्रतिवन्ध लगाएको छ । कतारबाट प्रकाशित हुने क्यू एन खबरका अनुसार कोरोना संक्रमण रोक्न कतारको मन्त्रीपरिषदको बैठकले जनवरी ८ शनिबार २०२२ देखि लागू हुनेगरी प्रतिबन्धका निर्णय गरेको थियो । कतार सरकारले मास्कर सेनिटाइजरको प्रयोग, एहतराजको प्रयोग, कम्तीमा १ मिटरको दुरी कायम, निजि सवारीमा चालक सहित चार जना भन्दा बस्न नपाउने, सामाजिक भेलामा खुला स्थानमा खोप लगाएका १५ जना र बन्द स्थानमा १० जना सम्म भेला हुन पाउने उल्लेख गरेको छ ।

त्यस्तै एक मिटरको दुरी कायम गरि शुक्रवारको प्राधर्ना गर्न पाउने, १२ वर्ष भन्दा मुनिका बालबालिकालाई प्रवेश नदिइने र शौचालय र धारा बन्द हुनुपर्ने, खुला स्थानमा भएको होटेल वा बिबाह हलमा ८० र बन्द हलमा ४० जना सम्मले बिबाह पार्टी गर्न पाउने, सबैले खोप लगाएको हुनुपर्ने उल्लेख छ ।

त्यस्तै एकै परिवारको १२ जना सम्म एउटै डुंगामा बस्न पाउने, अन्यमा १५ जना सम्म बस्न पाउने, २.६० प्रतिशत क्षमतामा मात्रै मेट्रो चलाउन पाउने, धूम्रपान कक्ष बन्द गर्नुपर्ने, खानेकुरामा पनि रोक लगाएको छ । ड्राइभिङ स्कुल ५० प्रतिशत क्षमतामा मात्र खोल्न पाउने निणर्य गरेको छ भने हरेक क्षेमा सहभागिता जनाउनले खोप अनिवार्य लगाएको हुनुपर्ने उल्लेख छ ।

विद्यालय तथा किन्डरगार्डेन २७ जनवरी सम्म अनलाइन मार्फत सन्चालन गर्नुपर्ने ।, अत्यावश्यक केन्द्रमा ५ भागको १ भाग मात्र सन्चालन गर्न पाउने, नर्सरी र सबै प्राइभेट ट्रेनिङ सेन्टर ५० प्रतिशत मात्र खोल्न पाउने, बढीमा ५० जना विद्यार्थी राख्न पाउने निर्णय गरिएको छ ।

सार्वजनिक पार्क,बिच र कर्नेशमा एकै परिवारका बाहेक अन्य १५ जनासम्म मात्र भेला हुन पाउने, निजि बिचमा ७५ प्रतिशत सम्मले प्रवेश पाउने, .स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद बिना रोकतोक अभ्यास गर्न पाउने, स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खुला क्षेत्रमा ५० र बन्द क्षेत्रमा ३० प्रतिशत खोप लगाएक दर्शक राखेर खेलाउन पाउने, अन्य स्थानीय तथा कुनैपनि निजि खेलकुद प्रतियोगिता गर्न नपाउने उल्लेख छ ।

मल ७५ प्रतिशत र फुड कोर्ट ३० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने, खोप नलगाएका व्यक्तिलाई प्रवेश नदिइने, कतार किल्न प्रोग्रामबाट मान्यता प्राप्त रेस्टुरेन्ट र क्याफे ७५ प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने,अन्यले ४० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने, शुक ७५ प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाउने, हुक्का प्रयोगमा रोक, होलसेल मार्केट ७५ प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने, जिम तथा हेल्थ क्लब ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने, सावर,चेन्जिङ रुम,जाकुजी र सौना बन्द गर्नुपर्ने, खुला स्विमिङ पुल र वाटर पार्क ७५ र बन्द ५० प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाउने, सरसफाइ क्षेत्र पुर्ण रुपमा सन्चालन हुने, कार्य क्षेत्र पुर्ण रुपमा सन्चालन गर्न पाउने, मिटिङमा बढीमा १५ जना बस्न पाउने, सिनेमा तथा थिएटर ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने र सबै दर्शक र स्टाफले खोप लगाएको हुनुपर्ने कतार सरकारले निणृय गर्णय गरेको हो ।

त्यस्तै सैलुन ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने, सभा समारोह र संस्कृतिक कार्यक्रम खुला क्षेत्रमा ५० र बन्द क्षेत्रमा ३० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने र कार्यक्रम गर्न मन्त्रालयको सिफारिस चाहिने उल्लेख छ भने हरेक क्षेत्रमा सहभागि हुनेले अनिवार्य खोप लगाएको हुनुपर्ने क्यू एन खबरले जनाएको छ ।

यात्रा नीति परिवर्तन
अफ्रिकामा कोभिङ–१९ को नयाँ डरलाग्दो ओमिक्रोन भेरिएन्ट देखापरेपछि कतार लगायत विभिन्न मुलुकले यात्रा नीति परिवर्तन गरेको छ । डिसेम्बरदेखि अति जोखिमपूर्ण देशबाट कतार आउने यात्रुको लागि सरकारले क्वारेन्टाइनको नियम परिवर्तन गरेको हो । अति जोखिमपूर्ण देशमा दक्षिण अफ्रिका, नामिबिया, जिम्बावे, इजिप्ट, लेसोथो, इस्वातिनी र बोत्स्वाना परेको छ । यी देशबाट आउने खोप लगाएका वा नलगाएका दुबै यात्रुले कतारमा ७ दिनको क्वारेन्टाइन बस्नुपर्नेछ । कतारको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको स्थितिलाई मध्यनजर गर्दै हरियो, रातो, जोखिमपूर्ण र अति जोखिमपूर्ण वर्ग छुट्टयाएको छ ।

त्यस्तै यता नेपाली यात्रुको लागि क्वारेन्टाइनको नियममा कुनै परिवर्तन भएको छैन । नेपाल अझै जोखिमपूर्ण वर्गमा छ । हालसम्म कतार आउने खोप लगाएका यात्रुले दुई दिन र नलगाएका यात्रुले सात दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम छ । नेपालीको लागि कतार आउन एहतराजको वेबसाईटमा विवरण दर्ता (नयाँ आउनेहरुले मात्र), स्वास्थ्य मन्त्रालयको प्रतिबद्धता फारम, होटेल बुकिङ, श्रम स्वीकृति÷हवाई टिकट/७२ घन्टा भित्रको पिसिआर रिपोर्ट र कतार आईसकेपछि एहतेराज एप चाहिने उल्लेख छ ।

नियम पालना गरौं
कतारमा केहि सातादेखि कोरोना संक्रमणदर बढेको भन्दै नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बक्स मियाले कतार सरकारले लागू गरेका नियमहरु अनिवार्य रुपमा पालना गर्न सबै नेपाली समुदायलाई सामाजिक संजाल मार्फत आग्रह गरेका छन् ।

कतार सरकारले ३१ डिसेम्बरदेखि माक्स अनिवार्य, भिंडभाड नगर्न र भिंडभाडयुक्त क्षेत्रमा नजान, स्वास्थ्यमापदण्डको पालना गर्न गरेको निर्णय सबैले पालना गर्नुपर्ने उल्लेख गरेका छन् । उनले कोरोना संक्रमण पूनः सामान्य अवस्थामा न फर्किएसम्म सार्वजनिक समारोह तथा घुमघामलाई अल्पविराम दिने निर्णय लिनु नै बुद्दिमतता हुने सुझाव दिएका छन् । उनले कतारबाट स्वदेश (नेपाल) विदामा जाने श्रमिकहरुलाई पनि पूनर्विचार गर्न आग्रह गरेका छन् । पछिल्लो समय कतारमा बढ्दो कोरोना संक्रमणका कारण पिसिआर रिपोर्ट आउन ढिला हुँदा धेरै श्रमिकको हवाई उडान तथा टिकट गुम्ने गरेको उल्लेख छ । यात्रा गर्ने मितिसम्म पिसिआर रिपोर्ट न आउने र उडान छुट्न पुग्ने तथा हवाई टिकटको पैसा गुम्ने अवस्था आउने भएकाले विदामा जानै पर्ने अवस्था भएमा हवाई टिकट लिंदा उडान मिति परिवर्तन गर्न सम्भव भएका उडान रोज्न उनले सुझाव दिएका छन् ।

विश्वव्यापी रूपमा फैलदो कोरोनाको तेस्रो लहर र ओमिक्रोनको कारण र अधिकतम ७२ घण्टे म्याद भित्र पिसिआर गरेको नेगेटिभ रिपोर्टको अनिवार्य शर्तका कारण खाडी मुलुकमा रहेका नेपालीहरुले क्षति व्यहोर्नु परेको उनले बताएका छन् । कतार लगायत खाडी राष्ट्रमा समेत ओमिक्रोन र कोरोनाको तेस्रो लहर ह्वात्तै बढेको कारण पिसिआर रिपोर्ट आउन ढिला हुने गरेको छ । पिसिआर रिपोर्टको अनिश्चितताको कारण धेरै नेपालीहरुको उडान छुट्ने र हवाई टिकटको पैसा समेत फिर्ता नहुने (कोल्याप्स) भएकाले ७२ घण्टे मापदण्ड तथा यात्रा नीति परिमार्जन गर्न उनले नेपाल सरकारलाई सुझाव समेत दिएका छन् ।

अनिल पराजुली
थप जानकारी