एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानी एलिजाबेथ द्वितीयाको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुन् । उनले ७० वर्षसम्म शासन गरिन् ।

बिहीवार उनको स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियो । बुधवारका लागि आयोजना गरिएको एउटा भर्चुअल बैठकमा महारानी अनुपस्थित भएपछि उनको स्वास्थ्यबारे चर्चा भएको थियो ।

नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्गम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूर्ण देश नै चिन्तित भएको बताइन । विश्वभरबाट उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको थियो ।

बेलायती महारानीको शोकमा दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइयो : विश्वभरबाट शोक व्यक्त

महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

महारानी एलिजाबेथ द्वितीयाको स्कटल्यान्डको बाल्मोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुन । उनले ७० वर्षसम्म शासन गरिन । उनको निधनपछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन ।