
हेटौँडा । दसैतिहार र छठपर्वको पूर्वसन्ध्यामा मोवाईल एशोसिएसन अफ नेपाल(म्यान मकवानपुर)ले उपहार योजना कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलवार हेटौँडामा पत्रकार सम्मेलन गर्दै उपहार योजना सार्वजनिक गरेको हो ।
उपहार योजना कार्यक्रमका संयोजक एवम् म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेले यस वर्ष मोवाईल खरिद तथा मोवाईल मर्मत गर्दा मोवाईल पसलबाट ग्राहकलाई कुपन प्रदान गरिने बताए । हामीले १२ लाख २३ हजार पाँच बराबरको पुरस्कारहरु प्रदान गर्दैछौं, संयोजक न्यौपानेले भने ।
असोज १ अर्थात आजैबाट उपहार योजना कार्यक्रम सुरुवात भएको घोषणा गर्दै ग्राहकहरुले अबदेखी मोवाईल खरिद तथा मर्मत गर्दा एउटा कुपन लिन न्यौपानेले आग्रह गरे ।
उपहारहरु ५३४ जनालाई प्रदान गरिने उनले बताए । हामीले बम्पर पुरस्कार १ जनालाई स्कुटर प्रदान गर्नेछौं भने एक जनालाई थाईल्याण्ड टुरप्याकेजमा सहभागिता जनाउने संयोजक न्यौपानेले बताए । पुरस्कारहरु इनफिनिक्स जिरो फोन एक जनालाई, नेकव्याण्ड २ सय ५ जनालाई, स्मार्ट वाच ५० जनालाई, हेडफोन ४० जनालाई, छाता ३० जनालाई, एमआई इयरफोन ५० जनालाई, इयरवड्स १ सय ५ जनालाई, किप्याड फोन २० जनालाई, स्टाइलाइजर ५ जनालाई, वानप्लस व्याण्ड १५ जनालाई र स्मार्ट फोन ११ जनालाई प्रदान गरिने संयोजक न्यौपानेले बताए ।
उपहार योजना कार्यक्रम मकवानपुर जिल्लाभित्र मात्र लागु रहनुका साथै मंसिर ५ गते सम्म यो योजना लागु रहने म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईले बताए । म्यान मकवानपुरमा आवद्ध रहेका मोवाईल व्यवसायी सदस्यको आउटलेटमा मात्रै उक्त कुपन उपलब्ध रहने अध्यक्ष चौलागाईले बताए । उपहार योजना अवधिभर १५ हजार कुपन ग्राहकलाई प्रदान गर्ने लक्ष्य रहेको उनले बताए । प्रत्येक कुपनमा एनसेलको सिम निशुल्क उपलब्ध रहने भन्दै उपहारको नतिजा आगामी मंसिर १५ गते घोषणा गरिने अध्यक्ष चौलागाईले बताए । उनले उपहार लिन आउँदा अर्धकट्टी अनिवार्य रहनुका साथै उपहारमा सरकारको निमयानुसार कर कट्टा गरिने अध्यक्ष चौलागाईले बताए ।
उनले म्यान मकवानपुरमा १२० वटा मोवाईल व्यवसायी सदस्य रहेकाले ग्राहकहरुले सदस्यता भएको पसलबाट मोवाईल खरिद तथा मर्मत गर्दा कुपन उपलब्ध हुने समेत बताउँदै मकवानपुरको हेटौँडा, मनहरी बजारक्षेत्र, थाहानगर लगायत मकवानपुरको १० वटै स्थानीय तहमा रहेका मोवाईल पसलबाट उक्त कुपन उपलब्ध रहने बताए ।
पत्रकार सम्मेलनमा म्यान मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, म्यानका पदाभिकारी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्