हेटौँडा । हेटौँडा ६ नं वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । हेटाँैडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले नयाँ भवनको शिलान्यास गरेका हुन ।

शिलान्यास गर्दै उपमेयर बानियाँले नयाँ भवन निर्माण पछि जनताको काम अझ चाडो हुने बताए । उपमेयर बानियाँले समयमै निर्माण सक्न निर्माण कम्पनीलाई आग्रह गर्दै जनतालाई सहज ढंगले सेवा दिन जनप्रतिनिधिहरु सदैव क्रियाशील हुनपर्नेमा जोड दिए ।

चौघडाको बंशगोपाल मन्दिर क्षेत्रमा निर्माण हुने वडा कार्यालय भवन ५ कोठाको हुनेछ । १८ महिनामा निर्माण सक्ने गरि एक्सिस एशियन कन्स्ट्रक्सन कम्पनी प्रालिसंग ठेक्का सम्झौता भएको यो वडा कार्यालयको भवन निर्माणको लागि १ करोड रुपैयाँ खर्च लाग्ने सघन शहरी तथा भवन निर्माण चितवनका ईन्जिनियर रविन पाठकले बताए ।

हाल वडा कार्यालय रहेको भवन साघुरो र कोठा अपुग हुनुको साथै पार्किङको समेत समस्या भएको भन्दै सेवाग्राहीले गुनासो गर्दै आएका थिए ।

कार्यक्रममा हेटौँडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, सरिता सापकोटा, पूर्व वडा सदस्य शुभद्रा तिमल्सिना, वडा सचिव आमोद मैनाली, सञ्चारकर्मी, वडाबासी लगायतको उपस्थिति रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी