हेटाैँडा । मकवानपुरगढी- ४ कालीखाेलामा रहेकाे सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाकाे १९ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएकाे छ ।

साधारणसभामा संस्थाका अध्यक्ष कृष्ण विडारीले संस्थागत प्रतिवेदन, काेषाध्यक्ष चुडाबहादुर बञ्जाराले आर्थिक प्रतिवेदन लेखा संयाेजक अर्जुन प्रसाद सापकोटाले लेखा समितिकाे प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा बाल बचतकर्ता समृद्धि पुडासैनी, अधिक बचतकर्ता पदम बहादुर याेञ्जन, अधिक मासिक बचतकर्ता हरिप्रसाद चाैलागाई र असली ऋणी नारायणप्रसाद ढुङ्गानालाई पुरस्कृत गरिएको थियाे ।

यसैगरी उधमशिल ऋणी रघुनाथ चाैलागाई र राजेन्द्र श्रेष्ठ,ज्येष्ठ शेयर सदस्य जगनिधि बजगाई, एसईईमा उत्कृष्ट अंक हासिल गर्ने बर्षात न्याैपाने र सहकारी अभियन्ता देवनारायण लामिछाने समेतलाई समेत पुरस्कृत गरिएको थियाे ।

साधारणसभामा मकवानपुरगढी – ४ कि वडा सदस्य सुमित्रा लामिछाने, संस्सथापक अध्यक्ष हरिशरण पुडासैनी , सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य ईकाई गढी ४ का प्रमुख लक्ष्मण दाहाल, प्रतिभा युवा क्लबका अध्यक्ष हेम बहादुर याेञ्जन, सल्लाहकार विदुर प्रसाद लामिछाने, राजकुमार चाैलागाई, खिल प्रसाद चाैलागाई, विष्णुप्रसाद न्याैपाने, उपाध्यक्ष लक्ष्मण भट्टराई ,सचिव सर्कलाल लाे, शेयर सदस्य, सञ्चारकर्मी लगायतकाे सहभागिता थियाे ।

संस्थाकाे आव ८१/०८२ सम्मकाे शेयर पूजी ५३ लाख ४० हजार जगेडा काेष ६२ लाख ३० हजार अन्य काेष ११ लाख ७५ हजार रहेकाे छ । यसैगरी संस्थाकाे निक्षेप ५ कराेड ५४ लाख ऋण लगानी ५ कराेड ४७ लाख र शेयर सदस्य ९ सय ४७ जना रहेकाे ब्यवस्थापक बिमला न्याैपानेले बताईन ।

अधिकांश जनजाती शेयर सदस्य रहेकाे याे सहकारीको साधारणसभामा उल्लेख्य सहभागिता रहेकाे थियाे । साधारणसभा संस्था अध्यक्ष कृष्ण बिडारीकाे सभाध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

भीमसेन पौडेल
थप जानकारी