हेटौंडा । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।

यस साताभरमा नेप्से परिसूचक १६६.९७ अंकले बढेको छ । गत साता २५२४.५० विन्दुमा बन्द भएको शेयर बजार यो साताको अन्तिम दिनसम्म आइपुग्दा २६९२.४७ विन्दुमा पुगेको छ ।

साता भरीको कारोबार हेर्दा अब भने शेयर बजार लयमा फर्केको देखिन्छ । बैंकहरुले केही हदसम्म भएपनि कर्जा लगानी बढाइरहेका छन् यी सबै कुराले अहिले लगानीकर्ताहरुको मनोभावना बलियो भएको छ जसका कारण अब बजार उकालो यात्रामा हिँड्नेछ । हो हिजो जस्तो बिच बिचमा प्रोफिट बुकिङ हुँदा सामान्य करेक्सनहरु त आउलान् तर समग्रमा बजारले अब छिट्टै पुराना सबै रेकर्डहरुलाई ब्रेक गर्ने छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४३.२९ अंकले बढेर २६९२.४७ विन्दुमा पुगेको छ । नेप्से १.६३ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ९.१६ अंकले बढेर ५०६.१६ विन्दुमा पुगेको छ ।

कूल २३८ वटा कम्पनीको ७३ लाख ३६ हजार ३ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३ सय ४९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी