यो मनमा जे छ नि त्यो मनमा नहुन पनि सक्छ
हामीले सोचे जस्तो जीवनमा नहुन पनि सक्छ

म अहिले जस्लाइ आफ्नो ढुकढुकी मानिरहेछु
मेरो नाम उस्को त्यो धड्कनमा नहुन पनि सक्छ

यहाँ नजर नजर जुध्छन्, बोल्छन् नजर आफैं
सत्यता मिठो बोली वचनमा नहुन पनि सक्छ

मेरो निम्ति उसको प्रेम महङ्गो भैदियो भने
मैले देख्ने सपना लगनमा नहुन पनि सक्छ

पसिना जस्तै हातबाट कोही छुटेर जाने गर्छ
कोही त भाग्यरेखाको बन्धनमा नहुन पनि सक्छ

Visited 328 times, 1 visit(s) today
गंगा सापकोटा (बगेकी गंगा)
थप जानकारी