![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/01/IMG_20211211_100505-1024x768.jpg)
![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/01/IMG_20211211_100505-1024x768.jpg)
तिमि सोध्छौ कति छ झुकाव जिन्दगीको ? तिमी प्रति समर्पित छ लगाव जिन्दगीको। कसम खाएपछि फेरि जहर खान नपरोस्, एउटा प्रेम काँडा नहोस् गुलाब जिन्दगीको। कहिले जोडेँ, घटाएँ कहिले, साझा लिई हेरेँ, शुन्यता मै अल्झिरह्यो हिसाब जिन्दगीको। कि त आऊ सिन्दुर लेख्न मेरो सिउँदो माथि, कि अर्कैको हातमा पुग्छ किताब जिन्दगीको। आज पनि आँशुसित गाँस मुछिन् आमाले, कति लेखुँ एक शेरमा अभाव जिन्दगीको ?
प्रतिक्रिया दिनुहोस्