प्यारको सौगात बोकी कोही आए दुख्छ होला
चोट खाने मनले प्रेमिल स्पर्श पाए दुख्छ होला
दूरबाटै हाल सोध्यौ मनको यस्तै चाहना थ्यो
छामी धड्कन ढुकढुकीको चाल सुनाए दुख्छ होला
मुटु बिछ्याई दिन्छु तिम्ले टेक्नु केही धक नमानी
मेरो जस्तै जिन्दगीमा सब गुमाए दुख्छ होला
चोट लाग्दा आँशु खस्दा उड्छ चङ्गा जस्तो मन यो,
धर्म छोडी ओठ खोली मुस्कुराए दुख्छ होला।
धारमाथि पाउ राख्दा लाग्छ मखमल कुल्चे जस्तो
धार टेक्ने पाउले फूल टेक्न पाए दुख्छ होला
प्रतिक्रिया दिनुहोस्