हेटौडा । हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको २८ औं वार्षिक उत्सवमा विभिन्न विधामा उत्कृष्ट काम गर्ने ८ जना उपभोक्ताहरु सम्मानित भएका छन ।

बिहीबार एक कार्यक्रमको आयोजन गर्दै रानीले ८ जना उपभोक्तालाई सम्मान गरेको हो । सम्मानित हुनेमा पशुपालन तर्फ मकवानपुरगढी–३ मक्रान्चुलीका बलराम सञ्जेल,कृषि तर्फ हेटौडा–६, कल्याणटारका रामहरि राई, हस्तकला तर्फ हेटौडा–६, खड्कुलेकी सुन्तली राई र सरसफाई तर्फ हेटौडा–६, चौघडाका आत्माराम आचार्य रहेका छन।त्यसैगरि वनडढेलो तर्फ मकवानपुरगढी–४, कालीखोलाका हेमबहादुर योन्जन,हेटौडा–६, दिव्यनगरका तारानाथ ढकाल, कोपिला तिमल्सिना र हेटौडा–६ शान्तिटोलका उत्तम ढकाल समेत सम्मानित भएका छन ।

हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, समूहका सल्लाहकार कृष्ण बिडारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, न्यूरेनी चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी, समूहकी कोषाध्यक्ष गोमा लामिछाने,कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सुनौलो महिला आयआर्जन समूहकी सचिव विन्दु राईले समूहको आयव्यय विवरण प्रस्तुत गरेकी थिईन । सो अवसरमा वन समूहकी सचिव नानीमाया रुम्बा र कार्यालय सचिव भीमसेन पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Visited 69 times, 1 visit(s) today
अनिरुद्रखबर संवाददाता
थप जानकारी