संक्षिप्त परिचय

बकैया गाउँपालिका ३९३‍.७५ बर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकाे छ । मकवानपुर जिल्लाकाे दक्षिण पूर्वि भागमा अवस्थित छ । यस गाउँपालिकाको केन्द्र साविकको छतिवन गा.वि.स.कार्यालय रहेकोे छ । यो तह मकवानपुर जिल्लाका ५ वटा साविकका  गा. वि. स. हरुलाई मिलाएर वनाइएको हो । यस गाउँपालिका अन्र्तगतका साविक गा. वि. स. हरुमा धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन छन् । भौगोलिक रुपमा विकट भएकोले आवश्यक पूर्वाधारको अवस्था कमजोर नै छ । शिक्षा, स्वास्थ्य, गरिवी तथा अन्य सुचकहरु कमजोर देखिन्छ । तामाङ्ग जातिको उच्चतम वसोवास यस क्षेत्रमा पाउन सकिन्छ ।

समावेश भएका साविकका  गा.वि.स.हरु   धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन गा.वि.स.

केन्द्र:साविकको छतिवन गा.वि.स.                                               वडा संख्या:१२

सीमाना:पूर्व:वाग्मती गाउँपालिका    पश्चिम:हेटौडा उ.म.न.पा. र मकवानपुरगढी  गाउँपालिका   उत्तर:ललितपुर जिल्ला  र भिमफेदी गाउँपालिका दक्षिण:रौतहट र बारा जिल्ला

स्रोत: बकैया गाउँपालिका ।

 

https://bakaiyamun.gov.np/

 

अनिरुद्रखबर संवाददाता
थप जानकारी