हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट ठुलो परिणाममा लुकाई छिपाई राखेको लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले फेनार्गन, नुरफिन जस्ता लागूऔषधसहित बकैया–४ घर भई हेटौंडा–१९ बस्तीपुरमा भाडामा बस्ने २९ वर्षीय नानीमाया खत्रीलाई पक्राउ गरेको हो ।

खत्रीलाई लागूऔषध डाईजेपाम २८० एम्पुल, फेनार्गन२६८ एम्पुल र नुर्फिन २५० एम्पुल गरी जम्मा ७९८ एम्पुल लागूऔषध लुकाई छिपाई राखेको अवस्थामा हेटौंडा–१९ बस्तिपुर स्थित डेराबाट पक्राउ गरेको हो । उनलाई शुक्रबार बेलुका जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बस्तीपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।