हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा दुर्घटना हुँदा ४ जना घाइते भएका छन । पुर्व पश्चिम राजमार्गअन्तर्गत मनहरीमा रोकिराखेको ट्यांकरसँग कार ठक्कर खाँदा ४ जना घाइते भएका हुन् ।
शनिवार विहान चितवनबाट हेटौंडा तर्फ आइरहेको प्रदेश ३–०१–०२४ च २९३१ नम्बरको कार सडकमा रोकिराखेको ट्यांकरसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा हेटौंडा–९ का योग्यराज सापकोटा र उनको परिवार रहेको छ ।
दुर्घटनामा घाइते भएका सबैको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा २ जनाको अवस्था गम्भिर र २ जनाको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्