हेटौंडा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, मकवानपुरले स्थानीय तहको निर्वाचनको मिति घोषणा तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेको छ ।

‘स्थानीय निर्वाचनको मिति घोषणा गर, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, सरकार अत्ति गर,अत्याचार नगर मूल्यवृद्धि फिर्ता गर,स्थानीय तह निर्वाचन सार्ने गठबन्धन सरकारको निर्णयको प्रतिकार गरौ’ लेखिएको प्ले कार्ड सहित उनीहरुले बिरोध प्रर्दशन गरेका थिए ।

पाँच दलीय गठबन्धन सरकारले स्थानीय तह निर्वाचन सार्ने तयारी गरिरहेको अवस्थामा देशभर विरोध प्रदर्शनको कार्यक्रम सुरु गरिएको एमाले मकवानपुर नेतृ आरती पाठकले जानकारी दिइन ।

 

Visited 120 times, 1 visit(s) today
अनिरुद्रखबर संवाददाता
थप जानकारी