हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौंडा १७ को दोश्रो वडा सम्मेलन भएको छ ।

रंगनाथ अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा हेमप्रसाद न्यौपाने, पशुपत्ति मोक्तान, सचिवमा चुडामणी रुपाखेती, कोषाध्यक्षमा धर्मराज अर्याल र सह सचिवमा सुना न्यौपाने चयन भएका छन् ।

कमिटीको सदस्यहरुमा क्रमशः ईश्वर बहादुर बिष्ट, राजन चौलागाई, लालबहादुर नेगी, गिरिश नेपाल, चन्द्रबहादुर खड्का, असिता कँडेल, सानु कार्की तिवारी, ध्रुव ढुंगाना, इन्दिरा पराजुली, सिताराम परियार, कमल परियार, रामहरि गुरुङ, सेती कुमारी गोङ्वा, काजीमान राई, लालबहादुर बिक र बाबुराम मुक्तान चयन भएका छन ।

माओवादी केन्द्र नेतृ कुमारी मुक्तानको प्रमुख आतिथ्यता एवं रंगनाथ अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु प्रेमबहादुर पुलामी छिन्तु, सर्केश घलान, भीम पाख्रीन, विवेक राई, कमला श्रेष्ठ, तिर्थबहादुर थापा, प्रदिप अर्याल, विमल दुलाल, सिताराम न्यौपाने, रामबहादुर नेपाली लगायतकाको सहभागिता रहेको थियो ।

Visited 122 times, 1 visit(s) today