हेटौंडा। हेटौंडा -मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको शालिक अनावरण नहुदै चोरी भएको छ।

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजारमा बनाइएको  मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक शनिबार राति चोरी भएको हो।

कवि श्रेष्ठको आइतबार विहान  प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको थियो ।सालिक अनावरण गर्न परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ सहित गाउँपालिका अध्यक्ष हिदम लामा लगायत साहित्यकारको टोली आइतबार बिहान भीमफेदी पुगेका थिए । शालिक करिब ५ लाखको लागतमा निर्माण गरिएको थियो।यता ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरले शालिक चोरी गर्नेको खोजि भइरहेको बताएको छ।

Visited 148 times, 1 visit(s) today
अनिरुद्रखबर संवाददाता
थप जानकारी