
हेटाैँडा । बागमती प्रदेशमा बन्ने नयाँ सरकारमा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय र नेकपा एमालेले ६ मन्त्रालय लिने गरी सहमति भएको छ ।
सहमति अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय छोड्ने र भौतिक पूर्वाधार विकास मन्त्रालय लिने सहमति बनेको हो ।
कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिनेछ ।
यसैगरी एमालेले श्रम रोजगार तथा यातायात मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास लिने सहमति भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले बताए ।
एमाले र कांग्रेसले सत्ता साझेदारीको समयसीमाको विषय पनि सहमति गरेका छन् । केन्द्रको सहमति अनुसार सत्ता साझेदारी गर्ने र सरकार परिवर्तनपछि अहिलेकै अनुसारको मन्त्रालय लिने भएको छ । राताेपाटीबाट
प्रतिक्रिया दिनुहोस्