हेटौंडा। नेपाल सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडाले १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियानको आइतबार हेटौंडामा शुभारम्भ गरेका छन।

सरकारले आजबाट कोरोना भाइरस विरुद्ध १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई  मोर्डना खोप दिइन लागिएको हो।

मन्त्री खतिवडाले स्वास्थ्यकर्मीको  रोहवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक छात्र संगम खत्री र एक छात्रा विनिता कुमारीलाई खोप लगाएर देशभर मोर्डना खोप अभियान सुरु गरेका थिए । स्वास्थ्य कार्यालय मकवानपुरले आज हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने  अभियानको सुरुवात गरेको छ। खोप मकवानपुरमा पुस १४ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। खोप शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा, विभिन्न प्रदेश मन्त्रालयका सचिव उपस्थिती रहेको थियो।

Visited 70 times, 1 visit(s) today