हेटाैँडा । बागमती प्रदेशका प्रमुख दिपकप्रसाद देवकोटाले हिन्दू महिलाको प्रमुख पर्व हरितालिका तिजको अवसरमा शुभकामना व्यक्त गरेका छन ।

प्रमुख देवकोटाले शुक्रबार शुभकामना सन्देश जारी गदै स्वदेश तथा विदेशमा बस्नुभएका सबै नेपाली दिदी बहिनीलाई शुभकामना दिए । नेपाली दिदी वहिनीको सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गदै प्रदेश प्रमुख देवकोटाले सन्देशमा भनेका छन , “भाद्र शुक्लपक्ष तृतीयाका दिन पर्ने यस पर्वको अवसरमा सम्पूर्ण दिदी वहिनीहरुको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायूको कामना गर्दछु ।”

हरितालिका तिजको मौलिकता कायम राख्दै यसको सांस्कृतिक महत्व जगेर्ना गर्न भडकिलोपन र खर्चिलोपनलाई हटाउन आवश्यक रहेको उनले चर्चा गरे । यस पर्वले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक, जातीय विभोद लगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाज निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गरोस् उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन ।

नेपाली मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्धन गर्नेगरी चाड पर्व मनाउन पनि उहाँले नेपाली महिलासँग अपेक्षा गर्नुहुँदै सबैमा हरितालिका तिज २०८१ को शुभकामना दिएका छन ।