हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना सदस्य मनोनित भएका छन् । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विधानको धारण १३ (६) को झ बमोजिम उनीहरुलाई मनोनित गरेका हुन् ।

प्रदेश सदस्यमा मनोनित हुनेहरुमा स्वास्थ्य मन्त्री निमा लामा, भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, रसुवाका प्रदेश सांसद प्रभात तामाङ, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, धादिङबाट तिलकप्रसाद रुवाली, काठमाडौंका प्रदेश सांसद छिरिङदोर्जे लामा, नुवाकोटका अर्जुन न्यौपाने, चितवनका कैलाश कोइराला, काठमाडौंका राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी, भगवतीकुमारी खड्का, ललितपुरका रमेशकुमार बखती, राजेश महर्जन, दोलखाका प्रभुराम श्रेष्ठ रहेका छन् ।

बागमती प्रदेश कार्यसमिति निर्वाचित भएपछि प्रदेशसभापति बानियाँले पहिलो पटक सदस्यहरुलाई मनोनित गरेका हुन ।