हेटौंडा । कमल थापा नेतृत्वको राप्रपा नेपाल मकवानपुरको अध्यक्षमा हेटौंडाका अर्जुन ढुंगाना मनोनित भएका छन । तत्कालिन राप्रपामा सक्रिय रहेका ढुंगाना राप्रपा नेपाल मकवानपुरको अध्यक्षमा मनोनित भएका हुन ।

उनलाई पार्टी अध्यक्ष कमल थापाले मनोनित गरेका थिए । ढुंगानाको नेतृत्वमा मकवानपुरमा २१ सदस्यीय कमिटी पनि गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा रमेश चौलागाई, इन्दिरा पाठक बस्नेत, सचिवमा भृर्गु कार्की, कोषाध्यक्षमा भवनाथ सापकोटा लगायतका रहेका छन । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदे्न निर्वाचित भएपछि राप्रपा त्यागेर कमल थापाले राप्रपा नेपाल गठन गरेका थिए ।

अनिरुद्र खबर संग कुराकानी गर्दै अध्यक्षमा मनोनित भएपछि ढुंगानाले युवा बर्गलाई समेटेको प्रति अध्यक्ष थापालाई बिशेष धन्यवाद दिए । पार्टी र जनताको काम नै पहिलो प्राथमिकता भएको बताउँदै उनले अब सक्रिय भएर राजनीतिमा लाग्ने बताए । नजिकिदै गरेको स्थानीय चुनावमा राप्रपाले चुनावी तयारी पनि थालेको उनले बताए ।

ढुंगाना २०६३ पछि सक्रिय रुपमा तत्कालिन राप्रपामा लागेका थिए । उनी राप्रपामा लामो समयदेखि सक्रिय रुपमा लागेका युवा पनि हुन । उनी हाल राप्रपा नेपालको भातृ संगठन युवक संगठनका केन्द्रीय उपाध्यक्ष समेत हुन । मकवानपुरमा लोडसेडिङको बिरुद्धमा भएको आन्दोलनमा उनी अग्र मोर्चामा खटिएका थिए । उनले कमल थापाको साथ छाडेका छैनन् ।

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेल् निर्वाचित भएपछि कमल थापाले आफ्नै नेतृत्वमा राप्रपा परित्याग गरि राप्रपा नेपाल गठन गरेपछि मकवानपुरका पुराना नेता तथा कार्यकर्ता भने अन्यौलमा परेका छन । पार्टी फुटको असर मकवानपुर सहित देशै भर देखिएको छ ।

Visited 1,005 times, 1 visit(s) today