हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले १० जनालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले उनीहरुलाई मनोनित गरेका हुन ।
जिल्ला समिति सदस्यमा प्रभात कुमार दाहाल, रामबाबु बानियाँ, गोपीलाल बिक, अर्जुनप्रसाद चौलागाई, राजु खतिवडा, अर्जुन तिवारी, अञ्जना उपाध्याय, मोमलाल दोङ, भुवनलाल श्रेष्ठ र नुरोज पौडेललाई जिल्ला कार्यसमित सदस्यमा मनोनित गरेको कांग्रेस मकवानपुर सचिव भीमसेन महतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्