हेटौंडा । नेपाली काग्रेसको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा टोल समिति गठन गरिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी स्वरुप नेपाली काग्रेसले घर घर जाँउ, काग्रेस जिताउ अभियान अन्र्तगत टोल समिति गठन गरेको हो ।
अभियान अन्र्ततग हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ बुद्ध चोक टोलमा राजु गजुरेलको संयोकत्वमा १९ सदस्यीय टोल समिति गठन गरिएको छ ।
त्यस्तै पुवाले महिला टोलमा दुर्गा पुडासैनीको संयोजकत्वमा १३ सदस्यीय महिला समिति गठन गठन गरिएको हो । समितिको उप संयोजकमा देबकी घिमिरे, सचिव राधिका गौतम, कोषाध्यक्ष अनुराधा गजुरेल चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा राधिका घिमिरे, गोमा बिडारी, राधा थापामगर, प्रजा बन्जरा, नानीमाया खड्का, शान्ति खड्का र मन्जु गजुरेल रहेका छन ।
नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा सभापति नवराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा काग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्