नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

कांग्रेस विधानअनुसार ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। यसका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए। अध्यक्षका प्रत्यासीद्वय शेरबहादुर देउवा र शेखर कोइरालाले खुला केन्द्रीय सदस्यमा प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए।

अन्तिम परिणामअनुसार डा. शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले ३८३६ मत प्राप्त गरेका छन्। देउवा र कोइराला दुवेले उनलाई आ-आफ्नो प्यानलमा राखेका थिए।

त्यस्तै, एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा निर्वाचित भए।

निर्वाचित खुला केन्द्रीय सदस्यमा सभापति देउवा पक्ष हाबी देखिएको छ। निर्वाचित सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्।

अन्तिम परिणामअनुसार डा. शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले ३८३६ मत प्राप्त गरेका छन्। देउवा र कोइराला दुवेले उनलाई आ-आफ्नो प्यानलमा राखेका थिए।

त्यस्तै, एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा निर्वाचित भए।

निर्वाचित खुला केन्द्रीय सदस्यमा सभापति देउवा पक्ष हाबी देखिएको छ। निर्वाचित सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्।

शशांकलाई सर्वाधिक मत
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा निर्वाचित डा.शशांक कोइरालाले सर्वाधिक लोकप्रिय मत पाएका छन्।

उनले सबभन्दा धेरै ३ हजार ८ सय ३६ मत ल्याए। यो कुल खसेको मतको ८१ प्रतिशतभन्दा बढी हो। उनले दोस्रो स्थानमा रहेका एनपी साउदलाई ८ सय ९९  मतले पछि पारे।

उनी देउवा र कोइराला दुवै समूहको सूचीमा थिए।

आधा अनुहार नयाँ
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा खुला केन्द्रीय सदस्यतर्फ करिब आधा संख्यामा नयाँ अनुहारले स्थान पाएका छन्। कांग्रेसका भ्रातृ संगठनमा आबद्धदेखि यसअघि असफल भएकासमेत विजयी भएका छन्।

निर्वाचन समितिका अनुसार ३५ मध्ये १६ जना पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

हेर्नुहोस् नयाँ अनुहारहरू

  • जीतजंग बस्नेत (अध्यक्ष, नेपाल तरूण दल)
  • राजीव ढुंगाना (अध्यक्ष, नेपाल विद्यार्थी संघ)
  • अजयबाबु सिवाकोटी (महासचिव, नेपाल प्रेस युनियन)
  • नैनसिंह महर (पूर्वअध्यक्ष, नेविसंघ)
  • कुन्दनराज काफ्ले (पूर्वमहामन्त्री, नेविसंघ)
  • उदय शमशेर राणा (१३औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित)
  • रामहरि खतिवडा (१३औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित)
  • डा. गोविन्दराज पोखरेल (पूर्वसिइओ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण)
  • सञ्जयकुमार गौतम (पूर्वमन्त्री, कांग्रेस बर्दिया पूर्वसभापति)
  • मदनबहादुर अमात्य (कांग्रेस ललितपुरका सभापति)
  • मोहन आचार्य (इन्जिनियर)
  • गणेश लामा
  • दिनेश कोइराला
  • गुरू बराल
  • उमेशजंग रायमाझी

गणेश लामा विजयी
काभ्रेका गणेश लामा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। आइतबार साँझ सम्पन्न खुल्लातर्फको केन्द्रीय सदस्यमा लामा निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ।

खुल्ला तर्फ ३५ जना निर्वाचित हुँदा लामा ३०औं नम्बरमा निर्वाचित भए। लामाले १ हजार ७ सय ८२ मत पाएका हुन्। विजयकुमार गच्छदारको कोटाबाट उनी केन्द्रीय सदस्यको सूचीमा परेका थिए।

लामामाथि काभ्रेली समूह गठन गरी राजधानीमा आपराधिक गतिविधि गरेको आरोप छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा उनी केही समय जेल परेर छुटेका थिए। उनी काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि बनेका हुन्।

नेविसंघ र तरूण दल अध्यक्ष निर्वाचित
नेपाली कांग्रेसका भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरूण दलका अध्यक्ष केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। नेविसंघ अध्यक्ष राजीव ढुंगाना र तरूण दल अध्यक्ष जीतजंग बस्नेत मातृ पार्टी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

बस्नेतले २५५७ मत पाए भने ढुंगानाले १८९६ मत ल्याएर निर्वाचित भए। यो सँगै नेविसंघ र तरूण दलको अध्यक्ष पद रिक्त भएको छ।

कांग्रेस विधान २०१७ (संशोधनसहित) को दफा ४२ को उपदफा १ (घ) मा भ्रातृ संगठनको पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए भ्रातृ संगठनको पद रिक्त हुने व्यवस्था छ।

‘पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संघको पदाधिकारी वा सदस्य हुने छैन,’ विधानमा भनिएको छ, ‘भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए निजको भ्रातृ संघको पद स्वतः रिक्त हुनेछ।’

सुनिल थापा  विजयी
राप्रपाबाट कांग्रेसमा आएका सुनिल थापा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले २४७२ मत पाएर निर्वाचित भएका हुन्।

३६औं उम्मेदवार
नेपाली कांग्रेसका युवा नेता मनोजमणि आचार्य ३६औं नम्बरमा रहँदै निर्वाचित हुन सकेनन्। ३५ जना निर्वाचित हुने खुल्ला केन्द्रीय सदस्यमा उनी ३६औं नम्बरमा परेका हुन् ।

एक हजार ६ सय ५४ मत पाएका आचार्यलाई ५३ मतले पछि पार्दै कृष्णकिशोर घिमिरे निर्वाचित भए। ३५औं नम्बरका घिमिरेले १ हजार ७ सय ७ मत ल्याएका हुन्।

त्रिविका पूर्वउपकुलपति खनियाँ ४१औं नम्बरमा
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रध्यापक तीर्थ खनियाँ नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा पराजित भएका छन्।

खनियाँ १ हजार ४ सय ८२ मत प्राप्त गर्दै ९९ जनामा ४१औं नम्बरमा आएका हुन्। ३५ जना छानिने केन्द्रीय सदस्यमा उनले पाएको मत जितका लागि पर्याप्त भएन।

उनी डा. शेखर कोइराला नेतृत्वको प्यानलमा थिए। उनी चितवनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।

पूर्वबार अध्यक्ष प्रेमबहादुर खड्का पराजित
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएका छन्। सभापति देउवाको प्यानलबाट खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका खड्का ४ सय ५३ मत पाउँदै ९९जनामध्ये ७४औं स्थानमा रहे।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की पराजित
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की केन्द्रीय सदस्यमा पराजित भएका छन्। खुला केन्द्रीय सदस्यको अन्तिम मत परिणामअनुसार कार्कीले १६४४ मत पाए।

यी हुन् खुला केन्द्रीय सदस्यमा पराजित ६४ नेता
खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका ९९ मध्ये ६४ जना नेता पराजित भएका छन्। ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा ५३ मतले पराजित हुनेदेखि १८४ मत मात्र पाउने नेतासमेत छन्।

३६औं देखि ९९औं स्थानमा रहेका उम्मेदवार कसले कति मत पाए?

३६) मनोजमणि अचार्य- १६५४
३७) केदार कार्की- १६४४
३८) वीरेन्द्रकुमार कनौडिया- १५१९
३९) मंगलप्रसाद थारु- १५१७
४०) लोकेश ढकाल- १४९५
४१) प्राडा तीर्थराज खनिया- १४८२
४२) यज्ञबहादुर थापा- १४६०
४३) शम्भुलाल श्रेष्ठ- १४२०
४४) जनकराज गिरी- १४१९
४५) रत्नबहादुर कार्की- १३९८
४६) हरिप्रसाद नेपाल- १३८४
४७) राजेन्द्र बजगाईं- १३५३
४८) प्रमोद हरि गुरागाईं- १३२६
४९) हस्तबहादुर मल्ल- १२९६
५०) डा. सुरेशचन्द्र चालिसे- १२९४
५१) धावा गुरुङ- १२८२
५२) डा सुरेश मल्ल- १२६०
५३) नरेश बहादुर सिंह- १२३९
५४) लक्ष्मण बहादुर बस्नेत- १२३७
५५) सुधिरकुमार शिवाकोटी- १२२९
५६) गंगाधर तिवारी- १२२८
५७) सुरेन्द्र हमाल- १२०३
५८) टेकराज पौडेल- ११९६
५९) गोकर्ण पौड्याल- ११८१
६०) मोहनप्रसाद बराल- ११७९
६१) गणेशबहादुर खड्का- ११६७
६२) दिपकबाबु कंडेल- ११३८
६३) सुवासकुमार पोखरेल- ११०७
६४) खगेन्द्रप्रसाद तिवारी- १०६९
६५) मथुरा प्रसाद घिमिरे- १०४१
६६) क्षितिज भन्डारी- १०४०
६७) बलबहादुर कुँवर- १०२७
६८) त्रैलोक्यप्रताप सेन- ९४४
६९) तारिणीदत्त चटौत- ८८२
७०) शिवकुमार गुर्मछाने- ७५२
७१) आनन्दराज त्रिपाठी- ६१०
७२) दिपक भट्टराई- ६०६
७३) विमलराज क्षेत्री (गायक)- ४७१
७४) प्रेमबहादुर खड्का- ४५३
७५) डा. मुकेशराज काफ्ले- ४३९
७६) प्रकाशसिंह कार्की- ४०९
७७) तिलकबहादुर रानाभाट- ३५३
७८) अबुल हुसेन अन्सरी- ३४८
७९) राजकृष्ण अमात्य- ३२४
८०) डा. रामशरण थपलिया- ३७८
८१) शंकर तिवारी-३८४
८२) शारदा पौडेल- ३५८
८३) शिवराज जोशी- ३५३
८४) हर्कबहादुर देउवा- ३५८
८५) उत्तरबहादुर ऐर- २२५
८६) गणेशबहादुर बिष्ट- २८२
८७) गोविन्दबहादुर रानाभाट- २५७
८८) डा. टिएन योगी- २५९
८९) डिकेन्द्रराज कंडेल- २२६
९०) दिवाकर गौतम- २०६
९१) प्रविन बन- २२३
९२) भरतकुमार शाही- २८४
९३) भरतप्रसाद लम्साल- २०६
९४) धुव्रप्रसाद पौडेल- १९७
९५) मनोज खड्का- १९५
९६) कृष्णप्रसाद कुइँकेल- १७८
९७) गणेशप्रसाद बिमली- १७१
९८) पुरुषोत्तम लामिछाने- १६०
९९) हर्षबहादुर बम-१८४

साभार सेतोपाटी