हेटौंडा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि प्रशासनले सुरक्षाको व्यवस्था मिलाउने तयारीमा जुटेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार जिल्लामा रहेका १६५ वटा निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षाको व्यवस्था मिलाइने तयारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार १९ वटा अतिसंवेदनशिल, ६० वटा संवेदनशिल र ८६ वटा सामान्य गरी तीनभागमा मतदान स्थललाई विभाजन गरिएको छ । जिल्लाको राक्सिराङ, कैलाश, वाग्मती र बकैया गाउँपालिकाको केही स्थानलाई अतिसंवेदनशिलमा राखिएको छ । जिल्लामा ३ सय ५९ वटा निर्वाचन केन्द्र रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्