हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्षले आफूखुसी उपभोक्ता समिति बनाएको आरोप लगाउँदै स्थानीयले बिरोध गरेका छन । हेटौंडा–१४ का वडाध्यक्ष दीपक खड्काले वडामा परेका योजनाहरु कार्यान्यवन गराउनको लागि आफूखुसी उपभोक्ता समिति बनाएको स्थानीयको आरोप छ ।
हेटौंडा १४ का वडा अध्यक्ष संग आरोप बारे जानकारी लिदां उनले स्थानीय सरकारले दिएको अधिकार प्रयोग गरेको बताए । अनिरुद्र खबर संग टेलिफोन संवादमा कुराकानी गर्दै उनले वडा अध्यक्षले समिति नबनाए कस्ले बनाउँछ ?, प्रतिप्रश्न गरे ।
बागमती प्रदेश सरकारले केही समयअघि मात्रै स्वीकृत गरेको बजेट कार्यान्वयन गर्न स्थानीय लाभग्राही उपभोक्ताहरुसँग छलफल नै नगरी निश्चित मान्छेहरु भेला गरेर समिति बनाएको आरोप लगाउदै बुधबार स्थानीयहरुले वडा कार्यालाय घेराउ गरेको पत्रकार केशव समर्पण सुवेदीले जानकारी दिए ।
आफ्नो टोलको लागि छुट्याएको बजेट कार्यान्वयन गराउन उपभोक्ता समिति गठन गर्ने उद्देश्यले वडा कार्यालयमा जाँदा वडाध्यक्षले आफूहरुले समिति गठन गरी सम्झौता गर्न पठाइसकेको बताएपछि स्थानीयहरु आक्रोशित बनेका थिए ।
टोल भन्दा बाहिरको व्यक्तिहरुको नाम राखेर समिति गठन गरिएको र उनीहरुको उपस्थिति बिनै निर्णय गरी पठाइएको नेपाली कांग्रेस हेटौंडा–१४ का वडा सभापति मनोज थिङको दावी छ । ‘प्रदेश सरकारले हालेको बजेट कार्यान्वयन गर्ने क्रममा वडाध्यक्षले टोलभन्दा बाहिरको मानिसहरुको नाम आफूखुसी राखेर पठाएको पाइयो । छलफल र भेला बिनै उपभोक्ता समिति गठन गर्नु अवैधानिक काम हो । यो सच्याउनुपर्छ ।’ वडा सभापति थिङले भने ।
वडाध्यक्ष खड्काले प्रदेशबाट हालिएको विभिन्न ६ वटा योजना कार्यान्वयन गराउन उपभोक्ता समिति गठन गरी कार्यान्वयनको लागि सिफारिस गरिसकिएको पाइएको स्थानीयले बताएका छन् । सर्वसहमतिबाट उपभोक्ता समिति गठन नभए प्रभावकारी रुपमा योजना कार्यान्वयन हुन नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्