१ पुस, हेटौंडा । नेपाली कांग्रेसको १४ औं  महाधिवेशनको सम्पन्न निर्वाचनबाट महालक्ष्मी उपाध्याय ‘डिना’ सह-महामन्त्रीमा निर्वाचित भएकी छिन । महिला क्लष्टर अन्तर्गत उम्मेदवारी दिएकी डिनाले अर्की उम्मेदवार कमला पन्तलाई पराजित गर्दै सह-महामन्त्रीमा निर्वाचित भएकी हुन । आज सम्पन्न मतगणनाअनुसार उनले २५३३ मत ल्याइने भने पन्तले २१०५ मत प्राप्त गरिन । यद्यपि निर्वाचन कार्यालयले भने अन्तिम नतिजा सार्वजनिक गरेको छैन ।

डिना शेरबहादुर देउवा नेतृत्व प्यानलबाट चुनावी मैदान थिइन भने पन्त शेखर कोइराना नेतृत्व प्यानलबाट उम्मेदवार बनेकी थिइन।