हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वत्तन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटि मकवानपुरले विद्यार्थीहरुले सार्वजनिक बसमा पाउनु पर्ने ४५ प्रतिशत भाडा छुटको माग गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जिल्लाका साझा बस र सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको बताए । उनले काठमाण्डौ उपत्यकामा भाडा छुट संस्थागत भएको बताउँदै मकवानपुरमा पनि संस्थागत गर्न आन्दोलनको तयारी गरेको बताए । उनले यसअघि पनि सार्वजनिक बसहरुले भाडा छुट नदिएको र अनेरास्वियु मकवानपुरले आवाज उठाएपछि माग सम्बोधन भएको बताउँदै पछिल्लो समयमा यातायात व्यवसायीहरुले विभिन्न बहानामा भाडा छुट दिन नमानेको बताए ।

यसैगरी,पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु केन्द्रीय सचिवाल सदस्य एवं मकवानपुर ईन्चार्ज किशन घिसिङले भाडा छुट काठमाण्डौ उपत्यकामा मात्रै संस्थागत हुन सकेको बताउँदै देशभर संस्थागत गर्न विभिन्न रचनात्मक आन्दोलनको कार्यक्रम गर्न केन्द्रीय कमिटीलाई ध्यानाकर्षण गर्ने बताए । उनले मकवानपुरको हकमा मनहरी,भीमफेदी,मकवानपुरगढी र हेटौंडा उपमहानगरपालिका भित्रका विद्यार्थीहरुले भाडा छुट नपाउँदा बढी मर्कामा पर्ने गरेको बताए ।

कार्यक्रममा अनेरास्ववियु जिल्ला उपाध्यक्ष अमृत बर्तौंला, भुवन मैनाली, सचिब पुष्कर तिमल्सिना, सह–सचिब प्रमोद फुयाँल, जिल्ला सचिवालय सदस्य अभि मैनाली, आशिष कुमार रौनियार, जिल्ला सदस्य सगार गौतम र दिपेश मिश्र लगायतको सहभागिता रहेको अखिल फोर्स तथा स्वयमसेवक बिभाग प्रमुख मनिश मान श्रेष्ठले बताए ।

प्रेस बिज्ञप्ती हेर्नुहोस् ।