हेटौंडा । नेकपा एमालको पुस २३ र २४ गते देशभर हुने जिल्ला अधिवेशन अन्तर्गत मकवानपुरमा पनि अधिवेशन हुने भएको छ । आज हेटौंडा–५ स्थित जिल्ला पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै एमाले मकवानपुरका प्रचार विभागका नविन सिग्देलले अधिवेशन बारे जानकारी दिएका हुन् ।

अधिवेशनको लागि जिल्लाभरबाट जिल्ला कार्यसमिति,प्रतिनिधि छनोट र मनोनित सहित गरेर ८ सय २ जना प्रतिनिधि रहनेछन् । अधिवेशनको लागि १० उपसमितिहरु निर्माण गरिएको छ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

एमाले अध्यक्ष केपी ओलीबीट पार्टीको ७७ वटै जिल्ला अधिवेशनलाई भोलि मध्यान्न १२ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले अध्यक्ष,उपाध्यक्ष,सचिव र दुई उपसचिव गरेर १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्माण गर्नेछ ।