काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

केही दिनदेखि असहज भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि उनको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् ।

डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।यो बीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउन समेत अनुरोध सचिवालयले गरेको छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोना संक्रमण भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।

साभार

https://www.onlinekhabar.com/2022/01/1063055?utm_source=Facebook&utm_medium=FBpage1&fbclid=IwAR3e8kxBGNTW5ZmlHD8bPz0ArxhKkVCgqRwVMvm98QxdCQOO7T81Js05c90