हेटौंडा । मकवानपुर प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचानाको आधारमा प्रहरीले हेटौंडा–४ मा सञ्चालित पासा चटामरी हाउसबाट लागू औषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चटामरीका सञ्चालक हेटौंडा–२ का ४० वर्षीय नमोरत्न मानन्धर र हेटौंडा–८ कमानेका १८ वर्षीय अभिषेक मोक्तान रहेका छन् ।

पक्राउ परेका उनीहरुको चटामारीमा लुकाएर राखिएको १ सय एमएलको ओमरेक्ससहित २० ग्राम लागूऔषध गाँजासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला अदालत मकवानपुरबाट ५ दिन म्याद थप गरि थप अनसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।