हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीका ३३ बर्षीय अशोक बिश्वकर्माको घरबाट २ किलो ८ सय ग्राम लागूऔषध बराद गरेको हो । प्रहरीले जिल्ला अदालत मार्फत ५ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाएको छ ।