File photo
File photo

हेटौंडा । हेटौंडा–१६ पानीस्वारामा आइतवार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घट्नास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर दुर्घटनामा चालक बारा निजगंढ–१३ का २६ बर्षीय डिलम थिङ र ट्याक्टरमा सवार मकवानपुर हेटौंडा–१६ पानीस्वाराका ५६ बर्षीय जित बहादुर थिङको मृत्यु भएको हो ।

ट्याक्टर ब्याक गर्ने क्रममा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई पानीस्वारा भिरबाट अन्दाजी तीनसय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।