हेटौंडा । मारवाडी युवा मञ्च हेटौंडाले हेटौंडा–१४ मा रहेको दीपज्योति आधारभूत विद्यालयमा कम्प्युटर सहयोग गरेको छ ।

बुधबार विद्यालयमा एक कार्यक्रमकाबीच मञ्चका अध्यक्ष सशांकराज चनानीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण थिङलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

विद्यालयका विद्यार्थीको कम्प्युटर अध्ययनका लागि सहज होस् भन्ने हिसाबले मञ्चले कम्प्युटर सहयोग गरिएको मञ्चका सचिव सुशान्तराज चनानीले जानकारी दिए । कम्युप्टर हस्तान्तरण कार्यक्रममा हेटौंडा–१४ का अध्यक्ष श्यामकुमार भ्लोनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिशिर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोज तामाङलगायत विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । मञ्चका उपाध्यक्ष रामकुमार अग्रवालले कार्यक्रम संयोजन गरेका थिए ।