हेटौंडा । नेपाल बन्दको प्रभाव हेटौंडामा पनि परेको छ । हेटौंडामा बन्दकर्ताहरुले रिद्धि सिद्धि सिमेन्टको सवारीमा आगजनी गरेका छन् ।

हेटौंडा–१५ को रातोमाटेको शिवम् रोडबाट रिद्धि सिद्धि सिमेन्ट उद्योग जाने सडकमा प्रदेश ३–०३–००१ ख ०१७५ नंबरको बल्कर गाडीमा आगजनी भएको हो ।

आगजनीबाट सवारीको अगाडी भाग पूर्णमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । यसअघि आजै बन्दकर्ताहरुले हेटौंडा–१९ बस्तिपुरमा एक ट्रकमा तोडफोड गरेका छन् ।

सरकारले एमसीसी पारित गरेसंगै विरोधमा विप्लवको नेपाल कम्युनिष्ट पार्टी सहित ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा नेपाल बन्दको आह्वान गरेका थिए ।