हेटौंडा । नेपाल अडिटर्स एशोसिएसन (अडान) बागमती प्रदेशको छैठौँ प्रदेश परिषद सम्पन्न भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार नेपाल अडिटर्स एशोसिएसन (अडान )का केन्द्रिय अध्यक्ष केदारनाथ पौडेलको प्रमुख आतिथ्यतामा प्रदेश परिषद सम्पन्न भएको हो ।

अडान बागमती प्रदेशको छैटौं प्रदेशका अध्यक्ष रामकुमार बर्तौलाको सभाध्यक्षतामा भएको परिषदमा ७० बर्ष भन्दामाथिका २६ जना जेष्ठ र विभिन्न विधामा ५ जना सहित ३१ जना लेखापरीक्षहरुलाई सम्मान गरिएको थियो ।

विधातर्फ तत्कालिन अडान मध्यमाञ्चल समितिका संस्थापक अध्यक्ष राजेन्द्र ढुङ्गाना, तत्कालिन अडान मध्यमाञ्चलका निवर्तमान अध्यक्ष केशव प्रसाद पौडेल, अडान बागमती प्रदेशका सल्लाहकार समितिका संयोजक रोहिक कुमार झा, सल्लाहकार समितिका सदस्य सकुल कुमार श्रेष्ठ र अडान बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष देवि प्रसाद ढल्लाकोटी सम्मानित भएका हुन् । सम्मानित हुने ३१ जनालाई प्रमुख अतिथि पौडेल लगायतका अथितिहरुद्वारा दोसल्ला सम्मान पत्र प्रदान गरिएको थियो ।

परिषदमा विशिष्ट अतिथिहरू अडान केन्द्रीय निवर्तमान अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक मोहनराज रेग्मी, बरिष्ठ उपाध्यक्ष बद्री प्रसाद भट्टराई, अडान केन्द्रीय विशेषज्ञ समितिका संयोजक सूर्य प्रसाद अधिकारी, अतिथिहरूमा अडान केन्द्रीय उपाध्यक्ष रामजी अधिकारी, आईक्यान पार्षद माधब प्रसाद पराजुली, आइक्यान पार्षद केश बहादुर केसी, केन्द्रीय उपमहासचिव राजेन्द्र प्रसाद ढुङगाना, केन्द्रीय सदस्य प्रकाश ढकाल लगायतको उपस्थिति रहेको थियो ।