हेटाैंडा । पाखामा लगाएको डढेलोका कारण घर गुमाएको परिवारलाई हेटाैंडा उपमहानगरपालिकाले सहयोग गरेको छ । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा १८ सुकौराका मदनकुमार तामाङ बललाई सहयोग गरिएको हो ।

शनिबार दिउँसो घर नजिकैको पाखोडाँडामा लागेको डँढेलो हावाका कारण गोठमा सल्केको थियो । त्यही आगो घरमा सल्कदा बलको घरगोठ नष्ट भएको थियो ।

बलका ४ सन्तान र मदनकुमार घरैमा रहेकाे र उनको श्रीमती गितामाया बल तामाङ मेलामा गएको समयमा लागेको आगोले घरगोठ, खाद्यान्न र लत्ताकपडा, बालबालिकाहरुले अध्ययन गर्दै आएका पुस्तकहरु समेत जलेर नष्ट भएको वडा सदस्य योगराज खतिवडाले बताए ।

आगाेलागीबाट मानवीय र चाैपायकाे क्षेती नभएकाे खतिवडाले बताए । बलकाे परिवार अहिले छिमेकीको घरमा सहारा लिएर बसेका छन् ।

उपमहानगरबाट सिरक, डस्ना, खाद्यान्न, आवश्यक भाडाकुडाँ, त्रिपाल सहितको सामग्री पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । यस्तै घर निर्माणका लागि जस्तापाता समेत उपमहानगरपालिकाले सहयोग गर्ने जनाएको छ । आगलागीबाट करिब ५ लाख क्षति भएकाे खतिवडाले बताए ।