हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नं. ८ ओखर डाँडा स्थित लाखुरेडाँडा भिरबाट लडेर एकजना महिलाको ज्यान गएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार स्थानीय ३५ बर्षिय कल्पना थिङको स्याङ्तानको बिहीवार भिरबाट खसेर मृत्यु भएको हो ।

भिरबाट खसेको अवस्थामा महिलाको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।