हेटौँडा । फुटबल खेलका रेफ्री अकिललाल श्रेष्ठको निधन भएको छ ।

बुधबार राती हृदयघातका कारण ४० बर्षीय श्रेष्ठको मृत्यु भएको अखिल नेपाल फुटबल संघ
(एन्फा) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

छाती दुखेको भनी बुधबार दिउँसो स्वास्थ्य परीक्षण समेत गराएका श्रेष्ठ राती भने दुखाई अझ तीव्र भएपछि अस्पताल लिएर जाने क्रममा बाटोमै मृत्यु भएको लामाले बताए । रेफ्री श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले बिहिबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप रोक्न आग्रह गरेको छ ।