हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दगुबाङ गाउँमा जङ्गली च्याउको तरकारी खाँदा  एक जनाको मृत्यु भएको छ। एकै परिवारका अन्य चार जना गम्भीर बिरामी भएका छन्।

वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर चेपाङका अनुसार च्याउ खाँदा स्थानीय ५५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको हो।

सँगै च्याउको तरकारी खाएका एकै परिवारका चार जनाको स्वास्थ्य अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

अध्यक्ष चेपाङका अनुसार मृतक दलबहादुरका श्रीमती जालीमाया, छोरी रेन्जु, सविना र छोरा सुशील हुनुहुन्छ। बिरामीको उपचारका लागि  भरतपुरस्थित सरकारी अस्पताल पठाइएको हो।