हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. २ कलङ्कीमा मङ्गलवार बाटो हिड्ने क्रममा लडेर एकजना घाइते भएका छन । 

डडेल्धुराका २५ बर्षिया राजेन्द्र ताम्राकार लडेर घाइते भएका हुन । हाल कुलेखानी भिलेज रेष्टुरेन्टमा सुरक्षा गार्डको काम गर्दै आएका ताम्राकार बिदाबाट फर्केर पैदल हिँड्दै रेष्टुरेन्टमा काम गर्न जाने क्रममा बाटोबाट तल झरेर घाइते भएका हुन् । 

घाइते ताम्राकारको सकुशल उद्धार गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । उनको शरीरको भित्री भाग र निधारमा चोट लागेको छ  । उनको उपचारको लागी शहीद मेमोरियल अस्पताल कलङ्की काटमाण्डौँ पठाइएको प्रहरीले जनाएको छ ।