हेटौँडा । डिभिजन वन कार्यालय, मकवानपुरको आयोजनामा मंगलवार देखि शुरु भएको ३ दिने दिगो वन व्यवस्थापन सम्बन्धी तालिम विहीवार सकिएको छ  । वनको दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन तालिमको आयोजना गरिएको हो । 

तालिमको माध्यमबाट सामुदायिक वनले वनको दिगो व्यवस्थापन गरि उपभोक्ताको माग, वनको उत्पादकत्व र वातावरणको सन्तुलन मिलाउन गर्नु पर्ने विभिन्न कामहरूलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको वन अधिकृत दीपक अधिकारीले बताए । तालिममा शिव सापकोटा, राकेश प्रसाद चन्द्रवंशी, दीपक अधिकारी र विशाल भट्टराईले सहजिकरण गरेका थिए । 

तालिम समयसापेक्ष रहेको र समूहले पनि दिगो वन व्यवस्थापनमा आधारित भएर कार्ययोजना बनाउदै गरेको तालिममा सहभागी रानी सामुदायिक वनकी कोषाध्यक्ष गोमा लामिछानेले बताइन ।  सहभागीहरूले मनहरीमा रहेको पशुपति र डिपोर्ट सामुदायिक वनमा गरिएका वन व्यवस्थापन सम्बन्धी विभिन्न क्रियाकलापहरूको अवलोकन समेत गरेका थिए ।


तालिममा विभिन्न सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य, कर्मचारी समेत गरि ३५ जनाको सहभागिता रहेको थियो । 

भीमसेन पौडेल
थप जानकारी