हेटाैँडा । प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य सचेतक पदमा मकवानपुरबाट निर्वाचित सांसद महेश बर्तौला मनोनीत भएका छन । नेकपा (एमाले) को संसदीय दलको कार्यालयका अनुसार प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई साउन २ गते बुधबारदेखि लागु हुनेगरी मनोनयन गरेका हुन ।

उनलाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम मनोनयन गरिएको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।