
हेटौँडा । हेटौँडाका भण्डारी दम्पती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार बुधवार ४ बजेर ४५ मिनेटको समयमा हेटौँडा उपमहानगरपालिका वडा नं. ५ भैरवरोड स्थित लट्टिनाथ चिसापानीमा भण्डारी दम्पती मृत अवस्थामा फेला परेका हुन ।
प्रहरीको प्रारम्भिक भनाइ अनुसार स्थानीय ६२ बर्षिय केशब भण्डारी र उनको श्रीमती ५६ बर्षिय अम्बिका भण्डारी दुबै जना मृत अबस्थामा फेला परेका हुन । भण्डारी दम्पती आफ्नै घरको कोठा भित्र श्रीमान पंखा झुण्डाउने फलामको हुकमा नाईलनको डोरीको पासो लगाई झुण्डीएको अवस्थामा प्रहरीले फेला पारेको हो । त्यस्तै उनको श्रीमतीको धारिलो हतियारको प्रहारबाट मृत्यु भएको जस्तो देखिएको प्रारभिक भनाइ प्रहरीको छ ।
घटना सम्बन्धमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्व र हेटौँडा अस्पतालका डाक्टर सहितको टोली खटिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्