हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले १५ साउनमा विश्वासको मत लिने भएका छन्।

बागमती प्रदेश संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले मुख्यमन्त्री लामाले प्रदेश सभामा विश्वासको मत लिने व्यवस्था मिलाउन संसद् सचिवालयलाई पत्राचार गरेको जानकारी दिए।

९ साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। उक्त दिन प्रदेश सभा बैठक दिनको ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिन लागेका हुन्। उनी कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनको सहमतिअनुसार एमाले र कांग्रेसको समर्थनमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनेका हुन्।