हेटौंडा । विश्वमा लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण र यसको संख्यामा कसरी बृद्धि गर्न सकिन्छ भन्ने विषयमा बुधवार हेटौडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

मनहरी–१ मा रहेको चेतना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजना र पर्सा राष्ट्रिय निकुञ्ज, जेडएसएल नेपाल र हिमालयन नेचरको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सालक सम्वन्धि जानकारी, सालक पाईने क्षेत्रहरु,सालक संरक्षणमा देखिएका चुनौती,अवैध चोरी शिकारी नियन्त्रण गर्ने उपाय,सालकको महत्व, यसको बासस्थान र यसको आहार, कानूनी प्रावधान, सालकको महत्व, सामुदायिक वनले गर्नु पर्ने विभिन्न क्रियाकलाप लगायतका विषयमा छलफल गरिएको थियो ।

विश्वमा ८ प्रकारका सालक पाईन्छ । नेपालमा कालो सालक र तामे सालक गरि २ प्रकारका सालक पाईन्छ । विशेष गरि यसको मासुबाट ओषधिहरु बनाउन र खपडाबाट बुलेट प्रुफ ज्याकेट र उच्च कोटीको टाक बनाउन प्रयोग गरिन्छ । सालकको बारेमा सर्वसाधारणलाई जानकारी नहुदा प्रत्येक बर्ष १ लाख भन्दा बढी सालक मारिने गरेको बताईएको छ ।

कार्यक्रममा जेडएसएल नेपालका प्रचण्ड महर्जन, हिमालयन नेचरका परियोजना अधिकृत प्रदिप सेढाई, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदार गौतम लगायतकाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा मनहरी गाउँपालिका १ का वडा अध्यक्ष शिव प्रसाद खनाल, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज शाह,चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन प्रसाद दाहाल, चेतना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बंशी गोपाल कँडेल, लोकहित मध्यवर्ती सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर मुक्तान, विभिन्न सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरुको सहभागिता थियो ।

 

भीमसेन पौडेल
थप जानकारी