हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–८ बस्तीपुरमा विषालु सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । विषालु सर्पको टोकाइबाट स्थानीय ४८ वर्षीय राज सिंकार घाइते भएका हुन् ।

आफ्नै घरमा गाई बस्तुलाई घाँस हाल्नेक्रममा सर्पले टोकेपछि उनी घाइते भएका हुन । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार पश्चात् थप उपचारका लागि मङ्गलबार साँझ साढे ७ बजे हेटौँडा अस्पताल लगिएको छ ।

घाइतेको दायाँ हातको पाखुरामा सर्पले टोकेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

Visited 1,025 times, 1 visit(s) today