हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ बीच शिष्टाचार भेटघाट भएको छ । आइतबार भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका हुन ।

सुदूरपश्चिमका स्थानीयवासीले देवकोटालाई १४ साउनमा सङ्घीय सरकारको मन्त्री परिषदको बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखको रुपमा सिफारिस गरेपछि वहाले १७ साउनमा राष्ट्रपतिसमक्ष सपथ लिएका थिए । लगतै १८ साउनमा बागमती प्रदेश कार्यालय हेटौँडामा एक समारोहबीच पदबहाल भएका देवकोटा आइतबार गृहजिल्ला कैलाली पुगेका हुन ।

प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुग्नु भएका देवकोटालाई सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरूले समेत बधाइ दिएका थिए । सोही भेटमा प्रदेश प्रमुखहरू बीच दुई प्रदेशको समन्वय र सहकार्य तथा विकासका सन्दर्भमा छलफल समेत भएको बागमती प्रदेश प्रमुख कार्यालयको सचिवालयले जनाएको छ ।