
हेटौँडा । रानी सामुदायिक वन उपभोक्ता समूह हेटौँडा–६ चौघडाद्वारा सञ्चालित एकता महिला आयआर्जन समूह मकवानपुरगढी–४ कालीखोलाको चौथो वार्षिक साधारणसभा बुधवार भएको छ ।
साधारणसभामा समूहकी अध्यक्ष गौरी सुवेदीले प्रगति तथा आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । समूहले महिलाहरुको आर्थिक तथा सामाजिक र क्षमता अभिवृद्धि गर्ने काममा सफलता हासिल गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । समूहले ३ वर्षमा ४ लाखको कारोवार गरेको छ । समूहमा १७ जना महिलाहरु आवद्व रहेका छन ।
समूह सञ्चालन गर्न रानी सामुदायिक वनले १ लाख ४१ हजार बीउ पूजी उपलब्ध गराएको थियो । साधारणसभामा उत्कृष्ट कारोवारी नन्दादेवी बन्जारालाई पुरस्कृत गरिएको थियो ।
रानी सामुदायिक वनका उपाध्यक्ष केशव धितालको प्रमुख आतिथ्यता एवम महिला समूहकी अध्यक्ष गौरी सुवेदीको सभाध्क्षतामा साधारणसभा भएको थियो । साधारणसभामा सिर्जनशिल समाज सहकारी अध्यक्ष कृष्ण बिडारी, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, रुद्र स्मृति सामुदायिक स्वास्थ्य ईकाइ प्रमुख लक्ष्मण दाहाल, रानी सामुदायिक वनका सदस्य शत्रुघन दुलाल, वन हेरालु हरिचन्द्र सापकोटा, सिर्जनशिल समाज सहकारीकी ब्यवस्थापक विमला न्यौपाने, नमुना महिला आयआर्जन समूहकी सचिव सावित्री दुलाल लगायतको आतिथयता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्