हेटौँडा । हेटौँडा–६, चुच्चेखोलामा रहेको नारीचेतना बचत तथा ऋण सहकारी संस्थाले बुधवार तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । संस्थाले हेटौँडा–६ विपी गणेशमान स्मृति शान्तिपार्कमा तीज विशेष कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी महिलाहरुले आफ्ना दुखका कुराहरु साटासाट गरेका थिए । वर्षदिनभरि भोगेका आफना भोगाई अनि साथी संगिनिसंग आफना गुनासाहरु सुनाएका थिए । कार्यक्रममा म्युजिकल चियर प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा कविता श्रेष्ठ प्रथम सरिता खड्का द्वितीय र शर्मिला डकाल तृतिय भएका थिए ।

हेटौँडा–६ का वडा सदस्य लेखराज ढकालको प्रमुख आतिथ्यता एवम सहकारी अध्यक्ष राधिका गौतमको सभाध्यक्षतामा तीज विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष हिरादेवी दहाल, उपाध्यक्ष बुद्वलक्ष्मी चौलागाई, लेखा संयोजक रिता फुयाल, सञ्चारकर्मी भीमसेन पौडेल, शेयर सदस्य लगायतको सहभागीता थियो ।

भीमसेन पौडेल
थप जानकारी